You are currently viewing घर पछाडि भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष, पोर्चुगलका व्यक्ति चकित

घर पछाडि भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष, पोर्चुगलका व्यक्ति चकित

पोर्चुगलको पोम्बल शहरमा बस्ने एक व्यक्तिलाई आफ्नो घर पछाडि केही संरचना बनाउन मन लाग्यो । उनले जग बनाउनका लागि खन्न सुरु गरे । खन्दै गर्दा उनले अचम्मका र निकै ठूल्ठूला हड्डी देखे । उनी हैरान भए । उनले तत्काल लिस्बन युनिभर्सिटीका वैज्ञानिकलाई त्यसको फोटो पठाएर जानकारी दिए । विश्वविद्यालयका पुरातत्वविद् उक्त स्थानमा पुगे र तत्काल उत्खनन कार्य सुरु गरे ।

यस महिनाको सुरुवातमा स्पेन र पोर्चुगलका प्यालियोन्टोलोजिस्टले उत्खनन काम पूरा गरे । काम पूरा हुनेबित्तिकै उनीहरु चकित परे किनभने जुन अवशेष भेटिएको छ त्यो ८२ फिट लामो छ । यो त्यो डाइनासोरको कंकाल हो जुन १४.५ करोड वर्ष अघि धर्तीमा भएको अनुमान गरिन्छ । अर्थात् युरोपमा हालसम्म भेटिएको विश्वको सबैभन्दा ठूलो डाइनासोर । यसअघि कुनै पनि युरोपेली देशमा यति ठूलो डाइनासोरको अवेशष भेटिएको थिएन ।

पुरातत्वविद्ले अनुसन्धानपछि यो सारोपड प्रजातिको डाइनासोरको कंकाल भएको बताएका छन् । यो चार खुट्टा भएका डाइनासोर शाकाहारी थिए । यिनीहरुले बोट बुट्यान खाने गर्दथे । यसको गर्धन लामो हुन्थे । वास्तवमा यो उत्खनन कार्य पाँच वर्षअघि सुरु भएको थियो । तर बीचमा कोभिडका कारण यो काम रोकिएको थियो ।

वैज्ञानिकले दिएको जानकारी अनुसार यहाँ जुन डाइनासोरको कुरा भइरहेको छ, ती १० करोड वर्षदेखि १६ करोड वर्षसम्म धर्तीमा घुम्ने गर्दथे । यो त्यहि समय थियो जब उत्तरी अमेरिकामा ब्राचियोसरस अल्टिथोरेक्स र अफ्रिकामा जिराफटिट्यान ब्रान्काई घुम्ने गर्दथे । त्यतिबेला पोर्चुगलको पश्चिमी इलाकामा लुसोटिटेन अटलेन्सिस पनि थिए ।

Leave a Reply