टिमुर खेती गर्ने तरिका ।।
साथै टिमुरको खेति सम्वन्धि कुनै कुरा बुझ्नु परेमा सम्पर्क गर्नसक्नुहुन्छ।।
नविन ओली
📞+9779851194429
टिमुर (Nepali Pepper/Sichuan pepper)नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ।टिमुर हिमालयखण्डको पश्चिम जम्मुदेखि पूर्व भुटानसम्म १००० मिटरदेखि २५०० मिटर उचाइ सम्मका ठाउ“हरुमा पाइएको छ । यो साखिया पहाडको ६०० देखि १८०० मिटरसम्म र उडिसाको पूर्वी घाट र आन्द्र प्रदेशको १२०० मिटर सम्मको भागमा पनि पाइन्छ। नेपालमा प्राकृतिक रुपमा उच्च पहाडी भाग र महाभारत क्षेत्रको ९०० मि. देखि २५००मि. सम्म राम्रो सप्रिएको पाइन्छ ।यो २ देखि ६ मिटरसम्म अग्लो हुने पतझड, काडेदार, सुगन्धित झाडी वर्गको बनस्पतीहो । यसको काण्ड र पातको फेदमा चेप्टा २ से.मी. जति लामा काडा हुन्छन्। यसको पातपलाउने हरेक आख्लावाट फुलेको छुट्टै हा“गा निस्किएको हुन्छ । यसको भाले र पोथी फूलफरक फरक विरुवामा हुन्छ । फुलमा पत्रदल हुदैन । फल सानो ४ देखि ५ मिलिमिटर ब्यासभएको झुप्पा हुन्छ । टिमुर पाक्दा रातो रंगको हुन्छ । फलको स्वाद पिरो, टर्रो, जिब्रो परपराउनेखालको हुन्छ ।
खेती तरीका
क) बिउबाट विरुवा उत्पादन
राम्ररी रातो भई पाकेको फललाई असोज कात्र्तिक महिनामा टिपी छहारीमा सुकाई बाहीरको बोक्रा सफा गरि कालो गेडामात्र फाल्गुन चैत्र महिनामा तयारी ब्याडमा राख्नु पर्दछ
। टिमुरको अंकुरण प्रतिशत ज्यादै कम हुन्छ ।
ख) बिरुवा रोपणः
२ देखि ३ मिटर को फरकमा ३०××३० से.मी को खाडल खनी
३– ४ कि.ग्रा राम्ररी पाकेको गोबरमल मोटो मिसाई खाडल पुरेर राख्नु पर्दछ ।
ग) हेरचाह ः
बिरुवा रोपी सकेपछि बिरुवा खाडलमा पानी जम्न दिनु हुदैन । बर्षमा २ पटक वरपरको झाडी सफाई गरी मल हाल्नु पर्दछ । नया“ मुनामा लाहिकिरा र ऐजेरुले सताउन सक्छ ।
घ) उत्पादनः
बिरुवा रोपेको चौथो बर्ष देखी नै फल फल्न थाल्दछ । राम्रो हेरचाह भएमा सातौ-आठौ बर्ष देखी पूर्ण उत्पादन लिन सकिन्छ । वयस्क बोटमा १० देखी १५ के.जी सुकेको सरदर उत्पादन लिन सकिन्छ । बजारमा प्रति के.जी ५०० देखि ८०० सम्ममा बिक्री भै रहेको छ ।
यसरी हेर्दा प्रत्येक वर्ष वयस्क बोटबाट अहिलेको दररेट अनुसार पनि १०,०००।– आम्दानी लिन सकिन्छ । राम्रो स्याहार पाएमा १५ देखी २० बर्ष सम्म आम्दानी लिन सकिन्छ ।
उपयोग ः
परम्परा देखी नै मसला र आयुर्वेदिक औषधीको रुपमा प्रयोग हुदै आईरहेको छ । बिश्व बजारमा बोक्रा लगाएत यसको तेलको पनि राम्रो बजार छ । यसको बोक्राबाट २.३– ८ प्रतिशत सम्म सुगन्धित तेल प्राप्त हुने गर्दछ । यसको बजारीकरणमा कुनै समस्या छैन ।
अन्तमा ः
- महाभारत पर्वतको आसपासको क्षेत्रमा यसको खेती राम्रो सम्भावना छ । ग्रामिण किसानहरुको आयस्तर बृद्धि गर्न यसको ठुलो भूमिका हुनेछ । हाम्रो हावापानीमा प्राकृतिक रुपमा नै फैलिरहेको छ । खेर गएको जमिन, ढिक, काल्ना, पाखोमा लगाई आम्दानी लिन सकिन्छ । भौगोलिक बिकटता भएपनि बजार पुर्याउन हतारो गर्नु पर्दैन । अर्को सजिलो पाटो त के छ भने खेतीका लागि त्यती धेरै सिपको आवश्यकता पर्दैन त्यसैले आयातित विदेशी बिरुवाहरु भन्दा स्थानीय स्तरमा भएको बिरुवालाई नै संरक्षण गरी मनग्य आम्दनी गरौ ।
•••टिमुरमा गुणस्तर कायम को आब्यसकता
औषधि को गुण भएको वहुमुल्य जडिबुटि टिमुर, जुन आर्थीक महत्वले भरिएको छ । नेपालमा धेरैले पछिल्लो समय व्यवशायीक रुपमै टिमुर खेती गरेका छन् र सल्यानमा पनि यसको ब्यवसायिक खेती तर्फ धेरै किसान हरू आकर्षित भएका छन् । टिमुर खेति गर्न जति सजिलो छ तो भन्दा गार्हो चै टिमुर टिप्न नै हो | बोटमै पाकेर रातो रंगको भएमा मात्रै संकलन गर्न सके गुणस्तरीय टिमुर हुनेछ |
असोज देखि मंसिर महिनासम्म टिमुर संकलन गर्न उपयुक्त हुने तर नपाकेको टिमुर टिप्न हुदैन |नेपलमा हाल सम्म फल टिप्दा आधुनिक सामाग्रीहरु प्रयोग भएको पाइदैन तर पनि “सिकेचर ,पञ्जा, गम वुट आदिको प्रयोग गर्दा दिगो संकलन भई कम समयमा धेरै फल संकलन गर्न सकिन्छ र वोटलाई पनि नोक्सानी हुदैन ।यसरि संकलन गर्दा एक जना व्यक्तिले एक दिनमा ८० देखि १०० के.जी सम्म संकलन गर्न सक्छ तर जथाभावी हांगा काटेर टिमुरको फल संकलन गर्नुहुँदैन ।
यस्तै पानी परेको वा वादल लागेको समय भन्दा घाम लागेको समयमा मात्र संकलन गर्नुपर्ने र संकलन गरिसकेपछि बांसको टोकरी वा जुटको वोरामा मात्र राख्नुपर्ने छ । टिमुरलाई करिब १० दिन सम्म छायामा सुकाई सकेपछि मात्र भण्डारणयोग्य हुन्छ | भण्डारण गर्दा जुटको वोरामा प्याक गरी ओभानो तथा खुल्ला ठांऊमा भण्डारण गर्नुपर्छ ।
यसरी छायामा सुकाएर भण्डार गरेको टिमुरको तेल पनी राम्रो निस्कन्छ।र हाल एक लिटर तेलको मुल्य नेपालमा १२ हजार ले बिक्री भैरहेको छ। र त्यतीकै पनी ९००-१२००/kg सम्ममा बिक्री भैरहेको छ।।
यसैविच कतिपयले व्यापारीक प्रयोजनको टिमुरमा पिठेचोर-तीगेडी, नुन, कालो माटो जस्ता वस्तुहरु मिसावट भएको पाइएकोले यस्तो काम गर्नु हुदैन गुणस्तरीय टिमुर उत्पादन मा |
यसो गर्दा टिमुरको गुणस्तरमा कमि आउनुको साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा समेत असर पर्ने हुन्छ |
एक पटक रोपिसकेपछि टिमुरबाट धेरै वर्षसम्म फल लिन सकिने र बजार पनि राम्रो भएकाले नांगा डाँडापाखा, खोल्सामा सामुहिक तथा व्यक्तिगत रुपमा खेति गरेर आम्दानीको श्रोत बढाउन सकिने भएकाले पनि किसानहरुको पछिल्लो समय यो व्यवसायमा आकर्षण बढ्दै गएको छ ।