You are currently viewing अदुवाको महत्व, ग्रेडिङ्ग र सुठो बनाउने तरिका

अदुवाको महत्व, ग्रेडिङ्ग र सुठो बनाउने तरिका

अदुवाको महत्व, ग्रेडिङ्ग र सुठो बनाउने तरिका

नविन ओली

📞+9779851194429

 

अदुवाको महत्व 

यस मसलाबाली लाई ताजा, सुठो वा धुलो रुप्मा बिभिन्न पारीकारमा स्वाद प्रदान गर्न प्रयोग गरिन्छ। अन्य बालीको तुलनामा उत्पादकत्व अत्यधिक भएका कारण यस् बाली बाट मनग्य आम्दानी गर्न सकिन्छ। यसलाई एकलबाली, घुसुवा बाली वा अन्तर्बालीको रुप्मा मकै, दाल, तरकारी आदी सँग पनि लगाउन सकिन्छ। बिभिन्न किसिमका आयुर्बेदिक तथा रासायनिक औषधी तथा श्रिङ्गारका बस्तुहरु तयार गर्न समेत अदुवाको प्रयोग गरिन्छ।

अदुवाको सरसफाई तथा ग्रेडिङ्ग

अदुवाको सरसफाई गर्दा गानोमा टाँस्सिएको माटो, जरा आदिलाई सफा गर्ने र अदुवाको ग्रेडिङ्ग गर्ने क्रममा काटिएका, रोग लागेका र टुक्रिएका गानाहरु तथा माउ वा ब्रुनीलाई पनि अलग छुट्ट्याएर राख्नु पर्दछ। यसरी छुट्ट्याईएको राम्रो गुणस्तरको अदुवालाई बीउ प्रयोजन तथा सुठो बनाउन प्रयोग गरिन्छ।

अदुवाको भण्डारण

अदुवा भण्डारण गर्दा उपयुक्त वातावरण नमिलेमा अदुवा सुक्ने, चाउरिने, लामो टुसा आई गुणस्तर घट्ने तथा कुहिएर नोक्सान हुने गर्दछ। तसर्थ अदुवालाई १२-१४ डिग्री सेल्सियस तापक्रम र ६५-७० प्रतिशत आर्द्रता भएको भण्डार घरमा भण्डारण गर्दा ५ देखि ६ महिनासम्म पनि अदुवालाई भण्डारण गर्न सकिन्छ।

सुठो

सुठो भनेको पखालिएको, बोक्रा हटाईएको वा नहटाईएको र सुकाएको अदुवाको गानो हो। सुठोमा चिस्यान १० प्रतिशत भन्दा बढी हुनु हुँदैन र सुगन्धित तेल १.५ प्रतिशत भन्दा कम हुनु हुँदैन।

सुठो बनाउने तरिका 

सर्वप्रथम हात/बोक्रा छोडाउने मेशिनको सहायताले अदुवाको बोक्रा खुर्केर पानीले सफा गर्नु पर्दछ।त्यसपछि २ प्रतिशत चुनपानी (२०० ग्राम घर पोत्ने चुन र १० लिटर पानी) को घोलमा बोक्रा खुर्किएका सफा अदुवाका टुक्राहरुलाई ६ घण्टासम्म डुबाउनु पर्दछ र पछि घाममा सुकाउनु पर्दछ।यसरी आकर्षक सुठो तयार गर्न सकिन्छ।

सुठोको भण्डारण

 सुठो तयार भएपछि २०-२५ के.जी. अट्ने सफा र यथाशक्य भित्री भाग पोलिथिन भएको बोरामा राख्नु पर्दछ, अथवा जुटको बोरामा पनि राख्न सकिन्छ। यस्तो सुठोलाई सफा तथा ओभानो काठको फ्ल्याक माथि ८ देखि १० महिनासम्म सुरक्षित राख्न सकिन्छ तर १-२ महिनाको अन्तरमा घाममा अनिवार्य सुकाउनु पर्दछ।

 

 

Leave a Reply