तेजपात/दालचिनीको परिचय र यसको फाइदाहरू
नविन ओली
📞+9779851194429
परिचय
तेजपात एक सुगंधित सदाबहार रुख हो जुन काठमाण्डौ उपत्यका लगायत नेपालको मध्य पहाडी क्षेत्रमा पाईन्छ | यो नेपालमा खाना बनाउदा विभिन्न रुपमा प्रयोग हुने भएकाले प्रख्यात छ | यसको बोक्रा र पात तरकारी, मासु, अचार र अन्य परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ |
तेजपातको सुकेका पातहरु र बोक्रा नेपाली ब्यन्जनहरुमा प्रयोग हुने महत्वपूर्ण मसला हो र माग राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बढ्दो छ | तर बेच बिखन गर्न अब्यबस्थित अति संकलनले स्थानीय रुपमा यो बिरुवा लोप हुन सक्ने खतरामा पुगेको छ | केहि ठाउमा यसको व्यापारिक रुपमा खेति पनि गरिन्छ र करिब दश बर्ष पुगेपछि यसको पातहरु बर्षेनी बेच्नको लागि संकलन गरिन्छ |
यसको पात र बोक्रा पेट सम्बन्धि समस्या मुख्यत: पखाला र कोलिकको उपचार गर्न प्रयोग गरिन्छ र कहिलेकाही यो यसकै अर्को प्रजाति दाल्चिनिको सट्टामा आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरिन्छ |
तेजपत्ता स्वाद सुवासिलो र मीठो हुन्छ, यसलाई मसलाको रूपमा प्रयोग गरिन्छ। नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो। रुखको पातलाई तेजपात र रुखको बोक्रा लाई दालचिनी भनिन्छ|
तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ। पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ। पातको माथिल्लो सतह चिल्लो , चम्केको र तल्लो सतह फुस्रो हुन्छ। फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा बेचिन्छ। यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ। भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ। वर्षमा एक पटक ( असोजदेखि चैत्रसम्म ) रुखको हाँगाहरू भाँचेर झिकिन्छ। हरेक हाँगाबाट तेजपात संकलन गरिन्छ। बाँकी हाँगाहरूलाई १ मि.को टुक्रामा काटिन्छ। बोक्र्रा निकालिने हाँगाहरूलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ। बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ। बोक्रा सुकेपछि कोप्रिदै जान्छ। एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ। राम्ररी सुकेपछि सल्फर डाई अक्साईडद्वारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ। बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल , टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ। प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ। यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ। तेजपात कृषिवनको लागी एक महत्वपूर्ण रूख हो।
तेजपात /दालचिनीको फाइदाहरु
तेजपात खाना मीठो बनाउन मात्र प्रयोग गरिँदैन, यसका थुप्रै स्वास्थसम्बन्धी फाइदा पनि छन् जुन कुरा आयुर्वेदमा उल्लेख गरिएको छ । तेजपात तनाव हटाउनका लागि प्रयोग गरिन्छ, यसको धूवाँबाट तनाव भगाउन सकिन्छ । राती सुत्नुअघि कोठामा तेजपातको धूवाँ फैलाइयो भने तनाव हट्नुका साथै सास तथा छालासम्बन्धी समस्या पनि समाधान हुन्छन् । यसबाट अरू पनि थुप्रै फाइदा मिल्छन् तर धूवाँ कसरी फैलाउने भन्ने कुराको जानकारी भने हुनु आवश्यक छ अन्यथा बढी धूवाँका कारण नकारात्मक असर पनि पर्नसक्छ ।
तनाव हटाउन तथा सुगन्ध फैलाउन कसरी प्रयोग गर्ने तेजपात ?
एउटा ताजा तर सुकेको तेजपात लिने । यसलाई कचौरा वा कुनै एक ठिकको भाँडोमा राखेर घरबाहिर लगी बाल्ने । त्यसलाई घरभित्र ल्याई १५ मिनेट कोठामा राख्ने । तेजपातको सुगन्ध कोठाभरि फैलन्छ । यसबाट आनन्दित तथा तरोताजा महसुस हुन्छ । तेजपातलाई प्राचीन समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गरिँदै आइएको छ ।
घरलाई सुगन्धित बनाउन रुम फ्रेसनर तथा महँगा अत्तरको सट्टा तेजपातको प्रयोग गर्नु राम्रो हुन्छ । तेजपातले रुम फ्रेसनरको काम गर्नुका साथै वातावरणमा रहेका ब्याक्टेरियालाई समेत मार्छ ।
थकाइ हटाउन मद्दत गर्छ।
तेजपातको धूवाँले थकाइ हटाउन मद्दत गर्छ । यसको धूवाँ तथा गन्धले मस्तिष्क शान्त राख्छ, मस्तिष्कको नसामा आराम पुग्छ तथा साससँगै भित्र पस्ने यसको धूवाँले मानिसको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टम बलियो पार्छ ।
छारेरोगमा उपयोगी।
तेजपात एन्टीइन्फ्रेलेमेटरी हुन्छ । छारे रोग भएका व्यक्ति यसको धूवाँमा बस्नु राम्रो मानिन्छ । यसको धूवाँमा छारे रोगलाई जरैदेखि निर्मूल पार्ने गुण हुन्छ ।
छालाका लागि लाभदायक
तेजपातको तेलमा मिनरल्स, भिटामिन्स तथा एन्टिअक्सिडेन्ट पाइनछ । त्यसकारण यो तेल मानिसको छालाका लागि अत्यावश्यक मानिन्छ । यसलाई लगाउनाले छाला कोमल, सफा एवं कीटाणुरहित बन्छ ।