नेपालमा अदुवा,बेसार,अलैंची र दालचिनी खेती सम्क्षिप्तमा अति महत्त्वपूर्ण जानकारि
अलैंची :
अलैंची 600-2100 m सम्म 4.5-6.5 ph ,1600-5000 mm वर्षा,10-30 डिग्री से तापक्रम भयको ओसिलो ठाउँ मा खेती गर्न सकिन्छ।ओसिलो खोल्सा मा खेती गरिने हुँदा यसलाई खोल्सा को सुन पनि भनिन्छ।अलैंची बीस 2003 साल बाट सिक्किम बाट बिरुवा ल्याइ ताप्लेजुङ बाट सुरु भयो।
अलैंची का जात;
रामसाइ : यो 1500 m भन्दा माथी , गोल्साइ 1200-1600 m ,डम्बर साइ 700-1200 m ,साउने चिबेसाइ अलि तल 700-1000 m मा खेती हुन्छ ।अलैंची को बेर्ना उत्पादन भयको 3 बर्ष पछी 1.2-1.5 म दुरी मा प्रती खाडल 3 बेर्ना रोप्ने । अलैंची मा सबैभन्दा बढी भाइरस बाट लाग्ने रोग छिर्के र फुर्के ले दुख दियको छ।जुन लाही किरा ले सार्छ।
अदुवा :
अदुवा उत्पादन मा नेपाल बिश्व मा तेस्तो स्थान मा छ। भारत मा सबैभन्दा बढी अदुवा उत्पादन हुन्छ ।नेपाल मा 1600 m उचाइ,सम्म खेती गर्न सकिने कपुरकोट अदुवाकपुरकोट अदुवा 1 र 2 जात सिफारिस भयको छन ।अदुवा लाई अङ्ग्रेजी मा Ginger ,बैज्ञानिक नाम zingiber officinale rosc र zingiberea परिवार मा पर्छ । अदुवा मा रेसा 4% भन्दा कम,बासनायुक्त तेल 2.16% ,पिरो( ओलियोरेजिन) करिब 6% भयको राम्रो मानिन्छ।अदुवा अदुवा फागुन चैत मा 30×३० cm दुरि मा, 50-60 gm साइज को रोपि, छापो दिई , 7-9 महिना मा तयारी हुन्छ ,अदुवा को साउनदेखि भदौ 15 सम्म 90% मा बुर्नी निकाल्न सकिन्छ
अदुवा मा गानो कुहिने रोग( Rhizome tot ) pythium ढुसी ले लाग्छ।
डाइथेन एम 45 वा इन्डोफिल एम ले बीउ उपचार गरि रोपेमा यो रोग लाग्दैन । अदुवा को बीउ 1 घनमिटर को खाडल मा 4-5 महिना भन्डारण गर्न सकिन्छ। सेलार स्टोर मा पनि भन्डारन गर्न सकिन्छ।जस्मा 6 महिना सम्म भन्डारन गर्दा 15-20% कम तौल हुन् सक्छ।
बेसार:
बेसारलाई अङ्ग्रेजी मा turmeric र Zingiberace परिवार ,cucurma longa linn बैज्ञानिक नाम र मसला को रानी उपनाम ले चिनिन्छ।बेसार मा पहेँलो हुने एक प्रकार को तत्व पाइन्छ त्यो curcumin हो यो 1.8-5.4% सम्म पाइन्छ । 1600 m उचाई सम्म चैत्र बैशाख मा 30×२५ cm दुरी, मा 30-35; gm साइज को बीउ 8-10 महिना मा तयार हुन्छ।
तेजपात:
तेजपात एक सुगंधित सदाबहार रुख हो जुन काठमाण्डौ उपत्यका लगायत नेपालको मध्य पहाडी क्षेत्रमा पाईन्छ | यो नेपालमा खाना बनाउदा विभिन्न रुपमा प्रयोग हुने भएकाले प्रख्यात छ | यसको बोक्रा र पात तरकारी, मासु, अचार र अन्य परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ |
तेजपातको सुकेका पातहरु र बोक्रा नेपाली ब्यन्जनहरुमा प्रयोग हुने महत्वपूर्ण मसला हो र माग राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बढ्दो छ | तर बेच बिखन गर्न अब्यबस्थित अति संकलनले स्थानीय रुपमा यो बिरुवा लोप हुन सक्ने खतरामा पुगेको छ | केहि ठाउमा यसको व्यापारिक रुपमा खेति पनि गरिन्छ र करिब दश बर्ष पुगेपछि यसको पातहरु बर्षेनी बेच्नको लागि संकलन गरिन्छ |
यसको पात र बोक्रा पेट सम्बन्धि समस्या मुख्यत: पखाला र कोलिकको उपचार गर्न प्रयोग गरिन्छ र कहिलेकाही यो यसकै अर्को प्रजाति दाल्चिनिको सट्टामा आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरिन्छ |
तेजपत्ता स्वाद सुवासिलो र मीठो हुन्छ, यसलाई मसलाको रूपमा प्रयोग गरिन्छ। नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो। रुखको पातलाई तेजपात र रुखको बोक्रा लाई दालचिनी भनिन्छ|
तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ। पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ। पातको माथिल्लो सतह चिल्लो , चम्केको र तल्लो सतह फुस्रो हुन्छ। फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा बेचिन्छ। यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ। भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ। वर्षमा एक पटक ( असोजदेखि चैत्रसम्म ) रुखको हाँगाहरू भाँचेर झिकिन्छ। हरेक हाँगाबाट तेजपात संकलन गरिन्छ। बाँकी हाँगाहरूलाई १ मि.को टुक्रामा काटिन्छ। बोक्र्रा निकालिने हाँगाहरूलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ। बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ। बोक्रा सुकेपछि कोप्रिदै जान्छ। एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ। राम्ररी सुकेपछि सल्फर डाई अक्साईडद्वारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ। बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल , टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ। प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ। यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ। तेजपात कृषिवनको लागी एक महत्वपूर्ण रूख हो।