You are currently viewing अदुवाको गानो कुहिने रोग (Rhizome Rot Diseases of Zinger) र यसको व्यवस्थापन सम्बन्धि जानकारी

अदुवाको गानो कुहिने रोग (Rhizome Rot Diseases of Zinger) र यसको व्यवस्थापन सम्बन्धि जानकारी

अदुवा एक प्रमुख मसला बाली हो ।यो बालीको माटो भित्र फल्ने रुपान्तरित डाँठ (गानो) नै प्रमुख आर्थिक महत्वको भाग हो। अदुवा बहुवर्षीय विरुवा भए पनि एक वर्षीय बालीको रुपमा खेती गरिन्छ। अदुवाको खेती वानस्पतिक प्रसारणबाट गरिन्छ। अधिकांश आयुर्वेदिक औषधिहरुमा कुनै न कुनै रुपमा अदुवाको अंश रहेको हुन्छ। परापूर्वकालदेखि नै औषधिको रुपमा प्रयोग हुँदै आएको यो बालीबाट स्वास्थ्यवद्र्घक मसला (ताजा, सुकेको, धुलो), क्याण्डी, मुरव्वाका साथै ओलियोरेजिन, वासनादार तेलको रुपमा प्रशोधित गरी प्रयोग हुने गर्दछ। अदुवाको सुठोमा १.५ प्रतिशत वासनायुक्त तेल र ६ प्रतिशत ओलियोरेजिन पाइन्छ भने ताजा अदुवामा १२.३ प्रतिशत कार्वोहाइड्रेट, २.३ प्रतिशत प्रोटिन र केही मात्रामा भिटामिन एवं खनिज पदार्थहरु पाइन्छन्। यो एक निकासीयोग्य बाली भएकाले यसको व्यावसायिक विस्तारको राम्रो संभाव्यता देखिन्छ। नेपालका प्रमुख अदुवा उत्पादन हुने जिल्लाहरुमा इलाम, पाल्पा, सल्यान, नवलपरासी, डोटी, मकवानपुर आदि हुन्। नेपालमा उत्पादन हुने कुल अदुवाको ४० प्रतिशत निर्यात हुने गर्दछ भने ४० प्रतिशत बिउमा र २० प्रतिशतन घरायसी मसला र औषधिको लागि आन्तरिक खपत हुने गरेको पाइएको छ। नेपालमा अदुवा खेतीमा देखिएका समस्याहरुमध्ये गानो कुहिने रोग, अस्थिर बजार, अत्यधिक बीउ गानो चाहिने, सिफारिस जातको प्रयाप्त बीउ उपलब्ध नहुनु, आर्थिक महत्वबारे जानकारी नहुनु, न्यून जातीय विकल्प र उपयुक्त खेती तथा प्रशोधन प्रविधिको कमी आदि हुन्। तापनि अदुवा उत्पादक किसानसँग अदुवा खेतीमा केको समस्या छ भनी सोधिएमा जवाफ आउँछ, कुहिने रोग र अस्थिर बजार।

अत्यधिक बिउ गानो लाग्ने हँुदा खेती खर्च उच्च हुने र पछि रोग देखिएमा नियन्त्रण गर्न असम्भव जस्तै भएकोले आर्थिक नोक्सानी बढी हुने हँुदा योे रोग लाग्न नै नदिन बुद्धिमानी हुन्छ। प्रिभेन्टिभ मेजर अर्थात रोग नै लाग्न नदिने उपाय अपनाई खेती गरेमा रोग लाग्नबाट अदुवाबाली बचाउन सकिन्छ। यी उपाय प्रायः अदुवा लगाउने समयमै अपनाउनुपर्ने भएकाले अदुवा उत्पादक किसानले सतर्कता अपनाई अदुवा लगाउने कार्य गर्न अनुरोध गरिन्छ।

अदुवामा थोप्लेरोग, भण्डारण सडन लगायत विभिन्न रोगहरु लागे पनि उत्पादनको प्रमुख समस्याका रुपमा भने गानो कुहिने रोग नै देखिएको छ। गानो कुहिने रोग दुई किसिमका हुन्छन् पूरै सड्ने र पहेंलो भई सुक्ने। त्यसैले यो रोगलाई सुके सडन वा पहेंले पनि भनिन्छ। यी दुबै ढुसी (फंगस) बाट लाग्छ र पिथियम प्रजातिले कुहिने तथा

फ्यूजारियम प्रजातिले पहेंले रोग लगाउँछ। गानो कुहिनेमा सराको तल्लो पातको टुप्पो पहेंलिन्छ र पातको दुवै किनारा हँुदै विस्तारै सराको फेदसम्म बढ्दै जान्छ र पूर्णरुपले सबै पातहरु पहेंलिन्छन्, सराहरु तान्दा सजिलै उखेलिन्छन् र अन्त्यमा सम्पूर्ण सराहरु जमिनमा ढलेका देखिन्छन् तथा गानो फ्यात्त कुहेको हुन्छ र गन्ध आउने गर्छ र पछि पहेंलो भई मर्दछ भने सुके सडन वा पहेंले रोेगमा पातहरु टुप्पावाट पहेंलिन थाल्छन र विस्तारै फेद सम्म पुगि सबै पात हुँदै पूरै बोट पहेंलिन्छ, सुक्छ तर आफै ढल्दैन, गानोको बृद्घि रोकिने र क्रमशः सुकेर चाउरिदै जान्छ। यो रोग लागेमा ५ देखि ७५ प्रतिशतनसम्म अदुवा नष्ट हुन सक्छ।

गानो कुहिने रोग बिउ गानो तथा माटोको माध्ययमबाट सर्दछ। उपयुक्त वातावरण (साउन–भदौमा ३०० से. तापक्रम र लगातार झरी परी जल मग्नता) भएमा रोग देखिए लगत्तै तुरुन्त फैलिदै जान्छ र पूरै बाली सखाप पार्दछ। रोगको उपचार गर्न अन्य वालीमा झैं अदुवामा पनि मुस्किल पर्दछ। अत्यधिक बिउ गानो लाग्ने हुँदा खेती खर्च उच्च हुने र पछि रोग देखिएमा नियन्त्रण गर्न असम्भव जस्तै भएकोले आर्थिक नोक्सानी बढी हुने हुँदा योे रोग लाग्न नै नदिन बुद्धिमानी हुन्छ। प्रिभेन्टिभ मेजर अर्थात रोग नै लाग्न नदिने उपाय अपनाई खेती गरेमा रोग लाग्नबाट अदुवा बाली बचाउन सकिन्छ। यी उपाय प्रायः अदुवा लगाउने समयमै अपनाउनुपर्ने भएकाले अदुवा उत्पादक किसानले सतर्कता अपनाई अदुवा लगाउने कार्य गर्न अनुरोध गरिन्छ। तसर्थ अदुवा लगाउने समयमा निम्न सावधानी अपनाई अदुवा लगाउनु पर्दछ।

रोग लाग्नै नदिन अदुवा लगाउँदा नै अपनाउन पर्ने सतर्कता”

१. अदुवा लगाउने समय स्थान विशेषमा भर पर्दछ, यसलाई समुद्री सतहदेखी १६०० मि. अग्लो स्थानमा फागुन अन्तिम हप्तादेखि चैत शुरुमा, १३०० मि.उचाइमा चैत्र १५—२५, १००० मि. अग्लो स्थानमा बैशाख शुरुमा र ७०० मि. अग्लो स्थानमा बैशाख १५—२५ सम्म लगाउँदा उपयुक्त हुन्छ। तर तल्लो उचाइ (भित्री मधेश) मा पानी परे पछि अदुवा लगाउनुपर्छ।

२. तीन वर्ष विराएर मात्र अदुवा लगाउने अर्थात दुई वर्ष अदुवा नलगाएको बारीमा मात्र अदुवा लगाउने। वाली चक्रमा अदुवा लगाउनु भन्दा अघिल्लो वर्ष कोदो वा घिउ सीमी लगाउँदा उल्लेख्यरुपले रोगको संक्रमण घट्छ।

३. प्रशस्त प्राङ्गारिक पदार्थ भएको मलिलो, पानीको निकासको व्यवस्था राम्रो भएको, राम्रोसँग हावा खेल्न सक्ने फोप्रो र दुमट माटो अदुवा खेतीको लागि सबैभन्दा उपयुक्त मानिन्छ। बढी चिम्टाइलो खस्रो, बालुवायुक्त माटोबाहेक सबैखालको माटोमा अदुवा खेती गर्न सकिन्छ। जंगल फडानपछिको माटो अदुवा खेतीको लागि उत्तम मानिन्छ भने पहिलो पटक अदुवा खेती गर्न शुरु गरिएको जग्गाबाट पनि राम्रो उत्पादन लिन सकिन्छ। तटस्थ पिएच भएको माटोमा खेती राम्रो हुन्छ। त्यसैले जमिन छनोट गर्दा ध्यान पुर्याउनु पर्दछ।

रोग सहन सक्ने जात जस्तै कपुरकोट अदुवा–१, कपुरकोट अदुवा–२ लगाउनुपर्ने वा कम रेशा (४५ भन्दा कम), वास्नायुक्त तेल बढी र सुठो बन्ने गुण धेरै भएको अदुवाको स्थानीय जात पनि लगाउन सकिन्छ।

बिउको गानो कम्तिमा एउटा टुसा निश्चितरुपमा निक्लन सक्ने पोटिलो गानो भएको वा लामो टुसा नभएको, रोगकिरा नलागेको, बीचमा नकाटिएको, नचाउरिएको, बोक्रा नखुइलिएको स्वस्थ गानो छनोट गर्नुपर्दछ।

रोगरहित स्थानमा उत्पादन भएको स्वस्थ बिउलाई भण्डारण गर्नु अघि डाइथेन एम–४५ ०.२५५ ले उपचार गरेको हुनुपर्दछ।

रोप्नुअघि बिउ गानो ०.२५५ डाइथेन एम–४५ र वेभिस्टिन ०.१५ को घोलमा आधा घण्टा डुबाई, छायाँमा सुकाई बिउ उपचार गरेर मात्र रोप्ने।

अदुवा लगाउँदा १०० के.जी÷रोपनी निम वा तोरीको पिना र २.५–३ के.जी. टिमुरको धुलोको प्रयोग गर्ने।

लगाउनुअघि माटो घाममा तताउने (सोलराइजेसन) र जैबिक तरीका— टाइकोडर्मा हर्जियनमको प्रयोगबाट पनि रोग लाग्नबाट बचाउन सकिन्छ।

अदुवा लगाउँदा १५ से.मि. उठेको ड्याङ बनाई एक हारदेखि अर्को हारको दूरी ३० से.मी.र एक बोट बाट अर्को बोट ३० से.मी. कायम गरी ठीक्क दूरीमा लगाउनुपर्छ। बाक्लो भयो भने रोगले आक्रमण गर्न सक्छ।

अदुवामा मुख्य गरी खुम्रे किरा, रातो कमिला, गाने आंैसालगायतका किराहरुले आर्थिक दृष्टिकोणले केही हदसम्म क्षति पु¥याएको पाइन्छ। साथै किराको सम्बन्ध गानो कुहिने रोगसँग पनि हुने हुँदा अदुवा लगाउँदा प्रतिरोपनी २ केजीका दरले मालाथीयन धुलो प्रयोग गर्दा राम्रो नतिजा पाइन्छ।

अदुवाले पानी जमेको सहन नसक्ने हुँदा पानी निकासको उपयुक्त व्यवस्था मिलाउनुपर्दछ।

शुरुमा देखिएका रोगी विरुवाको जरा र जराको माटोसहित माटो नखस्ने गरी हटाउने र डाइथेम एम ४५ वा क्रिल्याक्सील को घोलले उखेलेको ठाउँ वरिपरी भिज्ने गरी ड्रेन्चिङ गर्ने।

अदुवा उम्रेको २–३ महिनासम्म झारको प्रकोप वढी हुने र रोग बढाउन सहयोगी हुने तथा उत्पादनमा ज्यादा असर गर्ने हुँदा आवश्यकता अनुरुप झारपातको घनत्वको आधारमा २–३ पटकसम्म झारपात हटाई सफा राख्नु पर्दछ।

ब्रुनी वा बुढी (मदर राइजोम) निकाल्ने अभ्यास गर्दा घाम लागेको समयमा मात्र ब्रुनी निकाल्ने काम गर्नुपर्छ। प्रत्येक चार लाइनको बीच छोडिएको खाली ठाउँबाट हिंडडुल गरी दुबैतिरको २÷२ लाईको बु्रनी निकाली बोट कुल्चिनबाट बचाउनुपर्छ।

 

अदुवा उत्पादन बृद्धि गर्न अपनाइने अन्य मुख्य अभ्यासहरु”

अदुवाको लागि न्यानो र ओसिलो हावापानी भएमा समुद्री सतहबाट ३०० देखि १६०० मिटर उचाइसम्म सफलतापूर्वक खेती गर्न सकिन्छ। पहाडमा पूर्वी दक्षिणी मोहडा भएको जमिनमा लगाउने।

अदुवामा सामान्यतया फूल नलाग्ने र लागे पनि बिउ नलाग्ने हँुदा गानोबाट मात्र यसको प्रसारण हुने गर्दछ। बिउको मात्रा गानोको आकार, मोटाइ, जात तथा लगाउने तरीका अनुसार फरक पर्ने भए पनि बलियो बिरुवा र बढी उत्पादनका लागि अदुवाको ५०–६० ग्राम बजनको बिउ २५० किलो प्रति रोपनीको दरले प्रयोग गर्नुपर्दछ।

सामान्यतया बिउ गानोको मोटाइको ४ गुणा गहिरो गरी ७–१० से.मि. गहिरो कुलेशोमा बिउ गानो रोप्नुपर्छ। सानो आकारको बिउ भएमा एक बोटबाट अर्को बोट २५ से.मी. टाढा मात्र रोप्नुपर्दछ। समथर जमिनमा एक डेढ मिटर चौडा र १५ से.मी. अग्लो ब्याड बनाई लगाउनुपर्छ। बारीमा आवतजावत गर्न, गोडमेल गर्न, ब्रुनी निकाल्न प्रत्येक ४÷५ लाइन पछि ४०÷५० से.मी. खाली ठाउँ छोड्नु पर्दछ। हारदेखि हारको दूरी ४० से. मि. र बोटदेखि बोटको दूरी २२ से. मि. लगायो भने उकेरा लगाउँदा सहज हुन्छ।

छापो राख्ने कार्य अदुवा खेतीका लागि अत्यावश्यक प्रविधि हो र छापो राखी अदुवा लगाउँदा उत्पादन उल्लेख्य रुपमा बढ्ने हुँदा बिना छापो ब्यावसायिक अदुवा खेती नगर्दा पनि हुन्छ। झारपात आउन नदिन, माटोमा चिस्यान बचाई राख्न, ज्यादै बर्षा हुँदा माटोलाई बग्नबाट रोक्न, उपयुक्त तापक्रममा राख्न, माटोमा प्राङ्गारिक पदार्थ थप्नको लागि जंगलको सुकेको स्याउला, पशु वस्तुलाई घाँस खुवाई बचेका खुकुला स्याउला, सुकेका झारपात, पराल, खर, धानको मोटो भुस छापोको रुपमा माटोलाई ढाक्ने गरी अदुवा लगाएपश्चात तुरुन्तै राख्नुपर्छ। सुकेको स्याउला छापो राखेको छ भने हावाले नउडाओस भनी सिठाले चाप्नु पर्छ।

मलखाद: जग्गाको धरातल, पी.एच., माटोको मलिलोपन, लगाउने समय, जात, लगाउने दूरी आदिले कति मल राख्ने भन्ने निर्धारण गर्ने भए पनि साधारणतया अदुवाका लागि प्रति एक रोपनी वा डेढ कठ्ठा जमिनमा रोप्नुभन्दा २ हप्ता पहिले जोत्दा ५०–६० डोका गोठे मल, लगाउने समयमा डि.ए.पी. ५.० के.जी, म्य«ूरेट अफ पोटास २.० केजी, उम्रेको एक महिनापछि युरिया ३.० के.जी र उम्रेको दुई महिनापछि युरिया ३.० के.जी र म्य«ूरेट अफ पोटास २.० के.जी राख्ने। गानोको विकास हुने समय सेप्टेम्बरपछि बानस्पतिक बृद्धि बिस्तारै हुने तथा बृद्घि गानोतिर बढी हुने हुँदा उमे्रको दुई महिनापछि प्रयोग गरिने खाद्य तत्वको उत्पादनमा महत्वपूर्ण भूमिका हुन्छ।

अदुवाको जरा र गानोलाई असर नपर्ने गरी उम्रेको एक महिनामा उकेरा लगाई पुनः छापो राम्रोसँग मिलाउँदा उपयुक्त हुन्छ। सामान्य अवस्थामा गानो माटो बाहिर निस्किएको देखिएमा माटोले पुरिदिनुपर्छ।

Leave a Reply